२०८३, आश्विन २० गते

images

कुलमान घिसिङले भने, ‘लेखा समितिलाई आवश्यक कागजको विवरण मात्र पठाएका छौं’

कुलमान घिसिङले भने, ‘लेखा समितिलाई आवश्यक कागजको विवरण मात्र पठाएका छौं’

शुक्रवार, श्रावण २५ २०८१०३:०८
शुक्रवार, श्रावण २५ २०८१०३:०८
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेखा समितिलाई आवश्यक कागजको विवरण मात्र पठाएको बताएका छन्।

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

    उनले भने,’सम्बन्धित डकुमेन्ट हामीले पठाएको हो। उहाँहरूले टिओटी मात्र बुझ्नुहुन्न भनेर सम्बन्धित डकुमेन्टहरू पठाएका छौँ। उहाँहरूलाई हेर्न सहज होस भनेर।  अनावश्यक डकुमेन्ट हामीले पठाएका छैनौँ।’
    समितिले टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मागेको थियो।

    त्यस्तै यसअघि समितिको बैठकले सबै उद्योगीको प्रोफाइलसहितको टीओडी डाटा मागेपछि प्राधिकरणले टीओडी डाटा एक पोका, लोड प्रोफाइलसहितको टीओडी डाटा तीन पोका, लगसिट २४ पोका, मनोज मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन, अदालतको फैसला एक पोका र २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल सम्बन्धी बिल पठाएको थियो।
    यसैबीच नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब रुपैयाँ पुगेको छ ।

    घिसिङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै सञ्चित नाफा ४७ अर्ब ४१ करोड पुगेको जानकारी दिएका हुन् ।
    ८ वर्षअघि सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

    २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

    प्राधिरणले गत आर्थिक वर्ष ०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ ।
    देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको छ ।

    यसअवधिमा विद्युतको महसुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा बृद्धि नै भइरहेको छ । प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ ।

    विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजिगत लगानी गरेको छ । ८ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend