२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ‘एमाले झुसे बारुलो होइन, असाधारण शक्ति...

‘एमाले झुसे बारुलो होइन, असाधारण शक्ति हो!’

‘एमाले झुसे बारुलो होइन, असाधारण शक्ति हो!’

शनिवार, आषाढ १४ २०८२०५:४८
शनिवार, आषाढ १४ २०८२०५:४८
  • images

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई पछिल्ला तीन दशक मदन भण्डारीको अभावकै दशकका रूपमा व्याख्या गरेका छन्।

    शुक्रबार आयोजित जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भने, “०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ। त्यसयता तीन दशक जननेता मदन भण्डारीको अभावमा बित्यो। उहाँको निधनपछि ०५० साल पछिको समय अत्यन्तै चुनौतीपूर्ण रह्यो।”

    ओलीले सोभियत संघको पतनपछि वाम आन्दोलनले गम्भीर चुनौती भोग्नुपरेको स्मरण गर्दै नेकपा एमालेले त्यसबेलाको कठिन परिवेशमा पनि आफ्नो बाटो निर्धारण गर्न सफल भएको बताए।

    एमालेलाई केहीले "झुसे बारुलो" भनेर कमजोर ठान्ने गरेको उल्लेख गर्दै ओलीले त्यसप्रति व्यंग्य गर्दै भने, “कहिलेकाहीं चिल जस्तो ठुलो पंक्षीलाई सानो चिभे चराले लखेट्छ। तर त्यसो भन्दैमा चिल कमजोर हुँदैन। त्यसैगरी नेकपा (एमाले) को शक्ति आकारमा मात्र होइन, विचार, उद्देश्य र प्रतिवद्धतामा आधारित हुन्छ।”

    उनले थपे, “एमाले केवल पार्टी होइन, वाम आन्दोलनको एक असाधारण शक्ति हो। विचारको दम, स्पष्ट उद्देश्य र जनताप्रतिको प्रतिबद्धताले एमालेलाई अझ बलियो बनाएको छ।”

    प्रधानमन्त्री ओलीको यो सम्बोधनले जबज विचारको संरक्षण र मदन भण्डारीको राजनीतिक योगदानप्रति सम्मान प्रकट गर्नुका साथै पार्टीको वैचारिक स्पष्टतामा जोड दिएको विश्लेषण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend