२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा...

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी

सीएनएन खबर
मंगलवार, आषाढ १७ २०८२०७:४३
सीएनएन खबर
मंगलवार, आषाढ १७ २०८२०७:४३
  • images

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिएका छन्।
     
    कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णय गरी कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार ७ गते विद्युतीय शवदाहगृह यन्त्र खरिद प्रकरणमा सदस्य सचिव डा मिलनकुमार थापालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा मुद्दा दायर भएपछि स्वतः पदबाट निलम्वन हुने कानुनी व्यवस्था अनुसार सदस्य सचिव पद रिक्त भएको हो ।
     
    नवनियुक्त निमित्त सदस्य सचिव जोशीको पदावधि आगामी भदौ १८ गतेसम्म रहेको कोषले जनाएको छ । करिब दुई महिनामात्र उनको निमित्त सदस्य सचिवको कार्यकाल हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend