२०८३, श्रावण २५ गते

images
  • अर्थतन्त्र
  • कर्णाली विकास बैंक घोटालामा पूर्वअध्यक्ष पशुपति...

कर्णाली विकास बैंक घोटालामा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

कर्णाली विकास बैंक घोटालामा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

images
बुधवार, आषाढ १८ २०८२०५:१५
बुधवार, आषाढ १८ २०८२०५:१५
  • काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र रहेका छन्।

    मिश्रलाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको हो। उनी वि.सं. २०६६ देखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्षको जिम्मेवारीमा थिए।

    राजनीतिक पृष्ठभूमिका नेता समेत रहेका मिश्र मधेश आन्दोलनबाट उदाएका थिए। उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके–२ बाट स्वतन्त्र समूहको तर्फबाट सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए, तर पराजित भएका थिए।

    बैंक घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान तीव्र बनाउँदै ल्याएको छ। मिश्रमाथि साढे दुई अर्ब रुपैयाँ बराबरको वित्तीय अनियमिततामा संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ।

    यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पनि पक्राउ परिसकेका छन्। घोटालामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान प्रक्रियालाई पनि तीव्रता दिइएको छ।

    कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको हो। पछिल्लो समय बैंकको वित्तीय अनियमितता उजागर भएपछि नेपाल राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालन भइरहेको छ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend