२०८३, आश्विन २० गते

images

आँखु खोला जलविद्युत आयोजनाको हकप्रद सेयर खुल्यो

आँखु खोला जलविद्युत आयोजनाको हकप्रद सेयर खुल्यो

आइतवार, श्रावण २७ २०८१०१:२९
आइतवार, श्रावण २७ २०८१०१:२९
  • images

    काठमाडौं । आँखु खोला जलविद्युत आयोजनाले आजबाट हकप्रद सेयर निष्काशनमा ल्याएको छ। आयोजनाले ८० लाख कित्ता साधारण सेयरको एक कित्ता सेयरबराबर एक दशमलव ५  कित्ता सेयरको अनुपातमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको हो। 

    यो कम्पनीको सेयर खरिद गरेका लगानीकर्ताले उक्त हकप्रद सेयरमा लगानी गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। 
    आव २०७९/८० मा ६९.१२ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ आव २०८०/८१ चैतसम्म ८७.१० रुपैयाँ पुगेको छ भने चालू आवमा ९०.५९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। 
    यस्तै प्रतिसेयर आम्दानी पनि आव २०७९/८० १.०५ रुपैयाँले ऋणात्मक रहेकोमा आव २०८०/८१ मा  ०.४३ रुपैयाँ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend