२०८३, आश्विन १९ गते

images

२७ सय विन्दुमाथि उक्लियो नेप्से, नौ अर्ब ६४ करोडको सेयर किनबेच

२७ सय विन्दुमाथि उक्लियो नेप्से, नौ अर्ब ६४ करोडको सेयर किनबेच

सीएनएन खबर
बिहिवार, आषाढ १९ २०८२०३:३९
सीएनएन खबर
बिहिवार, आषाढ १९ २०८२०३:३९
  • images


    काठमाडौं । बिहीबार पनि नेप्से परिसूचक बढेको छ। गत आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। नेप्से लगातार पाँचौं दिन बढेको हो। बिहीबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने केही घटेको छ। 

    बुधबार नौ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार नौ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १० अर्ब रूपैयाँ कमी आएको हो। आज ३११ वटा धितोपत्रको दुई करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटाको घटेको छ। यसदिन नेपाल फाइनान्सको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९४ रूपैयाँ २० पैसा कायम भएको छ।

    यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य ७।१७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६३ रूपैयाँ ७१ पैसा पुगेको छ। सप्तकोशी डेभलपमेन्टको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार एक सय रूपैयाँ २० पैसामा झरेको छ।

    यसैगरी, गुराँस लघुवित्तको मूल्य ९।९५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार २६० रूपैयाँ २९ पैसा कायम भएको छ।बिहीबार बुटवल पावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ७९४ रूपैयाँमा ३१ करोड ६८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा २.५१ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ ५० पैसामा २७ करोड २८ लाख बराबरको सेयर कारोबार भएको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.०९ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend