२०८३, आश्विन २० गते

images

रेकर्ड ब्रेकमा नेप्से, यी हुन सबैभन्दा धेरै कमाउने समूह

रेकर्ड ब्रेकमा नेप्से, यी हुन सबैभन्दा धेरै कमाउने समूह

सीएनएन खबर
आइतवार, श्रावण २७ २०८१०३:३१
सीएनएन खबर
आइतवार, श्रावण २७ २०८१०३:३१
  • images

    काठमाडौँ । शेयर बजार निरन्तर बढ्दो क्रममा रहेको छ । पछिल्लो समय कारोबार रकम र नेप्से परिसूचकले निरन्तर उचाई कायम गरी रहेको छ । कारोबार हालसम्मकै उच्च बन्न पुगेको छ ।

    साताको पहिलो कारोबार दिन  आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जसलाई उछिन्दै आइतबार पुनः नयाँ रेकर्ड कायम भएको हो ।

    आइतबार २ सय २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ । चन्द्रागिरि हिल्स र मैलुङ खोला जलविद्युतको सेयर मूल्य भने परिवर्तन भएको छैन ।

    गएको साता पहिलो कारोबारमा सोमबार बढेर मंगलबारको दोस्रो कारोबार व्यापक उतारचढावबीच ओरालो लागेको सेयर बजारमा बुधबारको कारोबारमा पुनः उछाल देखिएको थियो। बिहीबार भने बजार सामान्य हरियालीमा बन्द भएको थियो । 

    लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र लगानी समूहमा झुमिएका छन् । सो समूहमा क्रमश ४.५५, ४.४० र ४.१२ प्रतिशतले बढेको छ । सूचीकृत सबै समूहमा हरियाली छाएको छ ।

    हिमालयन रि र शिवम् सिमेन्टको १ करोड भन्दा माथि कारोबार भएको छ ।नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend