२०८३, आश्विन १९ गते

images
  • बिमा
  • प्रभु महालक्ष्मी लाइफको डेढ लाख कित्ता...

प्रभु महालक्ष्मी लाइफको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

सीएनएन खबर
शुक्रवार, आषाढ २० २०८२११:३१
सीएनएन खबर
शुक्रवार, आषाढ २० २०८२११:३१
  • images

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न तीन जना संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि दिएको आवेदनअनुसार कम्पनीले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेको हो ।

    संस्थापक शेयर बिक्रीका लागि संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ ।  कम्पनीले हाललाई ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै आवेदन दिनमिल्ने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुकले कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर कित्तासहित निवेदन दिन सक्नेछन् ।

    संस्थापक शेयरधनीमा बिक्री नभएको शेयर उक्त मितिपछि कम्पनीले सर्वसाधारणका लागि जारी गर्नेछ । कम्पनीले संस्थापक शेयरधनीहरु आत्माराम घिमिरेको नाममा रहेको १ लाख २९ हजार ६०० कित्ता, लजना श्रेष्ठको नाममा रहेको १ हजार कित्ता र हरिबहादुर कँडेलको नाममा रहेको १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend