२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • त्रिभुवन विमानस्थल : क्षमताभन्दा दोब्बर यात्रु,...

त्रिभुवन विमानस्थल : क्षमताभन्दा दोब्बर यात्रु, व्यवस्थापनको चुनौती

त्रिभुवन विमानस्थल : क्षमताभन्दा दोब्बर यात्रु, व्यवस्थापनको चुनौती

आइतवार, आषाढ २२ २०८२०१:०६
आइतवार, आषाढ २२ २०८२०१:०६
  • images

    काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित, प्रभावकारी र यात्रुमैत्री बनाउने कार्यलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन् ।

    प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोल्दै मन्त्री पाण्डेले विमानस्थल सुधारका लागि मन्त्रालयले कार्ययोजनासहित गम्भीर प्रयास अघि बढाएको जानकारी दिए ।

    badri-pandey_2Xr9rfSnXG-1751782541.jpg
    undefined

    सेवा चुस्त बनाउन समिति गठन

    "विमानस्थल सुदृढीकरणका लागि अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स लगायत सरोकारवाला निकायको समावेशीतासहित महाप्रबन्धकको नेतृत्वमा सुधार कार्ययोजना समिति बनाइएको छ," मन्त्री पाण्डेले भने, "समितिको प्रतिवेदन चाँडै आउनेछ र त्यसका आधारमा थप ताकेता गरिनेछ ।"

    क्षमताभन्दा दोब्बर यात्रु व्यवस्थापनको चुनौती

    मन्त्री पाण्डेले टिआइएको भौतिक संरचना साँघुरो र सीमित भएको भन्दै अन्तरराष्ट्रिय मापदण्डअनुसारको पूर्वाधार अभावका कारण यात्रु व्यवस्थापनमा कठिनाइ भइरहेको बताए ।

    "विमानस्थलको क्षमता ४५ लाख यात्रुका लागि भए पनि अहिले वार्षिक ९५ लाखभन्दा बढी यात्रु ओहोरदोहोर गरिरहेका छन्," उनले भने, "यति ठूलो यात्रु संख्या व्यवस्थापनका बीच पनि सेवालाई सहज बनाउने प्रयास जारी छ ।"

    मन्त्री पाण्डेले चिनियाँ दूतावाससँग समन्वय गरेर मानसरोवर जान चाहने यात्रुका लागि भिसा प्रक्रिया सहज बनाउने पहल भइरहेको जानकारी पनि दिए ।

    बैठकमा हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग विस्तृत छलफल गरिएको छ । सांसदहरुले नेपालको हवाई सुरक्षालाई मजबुत बनाउन कानुनी आधार सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।

    सांसद भानुभक्त जोशी, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, रोशन कार्की लगायतले विधेयक समय सान्दर्भिक र अत्यन्त आवश्यक रहेको भन्दै शीघ्र टुङ्गोमा पुर्‍याउनुपर्ने बताए । सांसद प्रेम सुवालले नेपाल वायुसेवा निगमको व्यवस्थापकीय सुधारको आवश्यकता औँल्याए भने सांसद एकनाथ ढकालले टिआइएलाई सुरक्षित र सेवाग्राहीमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराए ।

    सांसद शिशिर खनालले भिसा प्रक्रियाको ढिलाइका कारण सयौँ विदेशी नागरिक होटलमा बस्न बाध्य भएको भन्दै तुरुन्त सुधारको माग गरे । अन्य सांसदहरुले पनि विधेयकमा थप विषय समावेश गर्न सुझाव दिएका छन् ।

    सरकारले त्रिभुवन विमानस्थल सुधार, भौतिक पूर्वाधार विकास, तथा हवाई सेवा सुरक्षामा सुधार ल्याउने योजना अगाडि सारेको सन्देश बैठकबाट प्रस्टिएको छ ।

     

     

     

     

    Ask ChatGPT

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend