२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सय...

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सय दिन: ऊर्जा सुरक्षादेखि सेवा विस्तारसम्म

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सय दिन: ऊर्जा सुरक्षादेखि सेवा विस्तारसम्म

मंगलवार, आषाढ २४ २०८२०३:२८
मंगलवार, आषाढ २४ २०८२०३:२८
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पद बहालीको सय दिन पुगेको अवसरमा प्राधिकरणको काम, योजना र उपलब्धिबारे प्रगति विवरण सार्वजनिक गरेका छन्।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफूले नेतृत्व सम्हालेपछि प्राधिकरणले गरेको कार्य प्रगतिको विवरण प्रस्तुत गर्दै, ऊर्जा सुरक्षादेखि आधुनिक सेवा प्रणाली विस्तारसम्मका विषयलाई प्राथमिकतामा राखिएको बताए।

    शाक्यले वर्तमान अवस्था र भावी योजनालाई समेटेर श्वेतपत्रसमेत जारी गरेका छन्। उनले ऊर्जा सुरक्षाको सुदृढीकरण, विश्वसनीय विद्युत् सेवा, नवीनतम वित्तीय उपाय, पारदर्शी तथ्याङ्क प्रणाली र दक्ष जनशक्ति व्यवस्थापनलाई प्राथमिक क्षेत्रका रूपमा उल्लेख गरे।

    प्रमुख उपलब्धिहरू

    पम्प स्टोरेज आयोजना अगाडि बढ्यो

    कुलोखानी–सिस्नेरी १०० मेगावाट र हुलिङटार–दुम्किम ४९४ मेगावाट क्षमताका पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाव्यता अध्ययन पूरा भई सम्भाव्यता अध्ययनका लागि लाइसेन्स प्रक्रिया सुरु गरिएको छ।

    ऊर्जा भण्डारण र नयाँ आयोजनाको तयारी

    ब्याट्री ऊर्जा भण्डारण प्रणालीको अध्ययन तथा निर्माणमा पहल थालिएको छ। साथै, उत्तरगंगा र अपर अरुण आयोजना लाइसेन्स प्रक्रियामा छन्।

    औद्योगिक विद्युत खपतमा वृद्धि प्रयास

    विश्वासको वातावरण निर्माण गर्दै उच्च विद्युत् खपत गर्ने १० केन्द्रीय र प्रदेशका १० महत्त्वपूर्ण उपभोक्तालाई सार्वजनिक रूपमा सम्मान गरिएको छ।

    डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानतर्फ

    विद्युत महसुलसम्बन्धी विवाद समाधानका लागि संचालक समितिबाट नीतिगत निर्णय गरी ४६ वटा निवेदन प्राप्त भइसकेको र पुनरावलोकन प्रक्रिया अघि बढाइएको जानकारी गराइयो।

    ‘पेमेन्ट गेटवे’ अन्तिम चरणमा

    कर्पोरेट उपभोक्ताले एउटै स्थानबाट महसुल भुक्तानी गर्न सक्ने प्रणाली विकास भई परीक्षणको अन्तिम चरणमा पुगेको छ।

    सामाजिक तथा पूर्वाधार पक्षमा काम

    विपन्नका लागि निःशुल्क मिटर वितरण

    विपन्न वर्गका ९ सय परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको छ।

    चार वटा सबस्टेशन निर्माण सम्पन्न

    भगवानपुर, विरेन्द्रबजार, बर्दिबास र जोगबुढामा गरी ४३ एमभीए क्षमताका ३३/११ केभी सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा छन्।

    सामुदायिक ग्राहकलाई सेवा विस्तार

    १२ वटा सामुदायिक संस्थाबाट ७ हजार ३१५ उपभोक्तालाई प्राधिकरणमा रूपान्तरण गरी सेवा प्रदान गरिएको छ।

    ग्राहक समस्या समाधान एप निर्माण

    वितरण प्रणालीसम्बन्धी गुनासोहरू समाधानका लागि ग्राहकले सिधै समस्या अपलोड गर्न सक्ने एप निर्माण गरिएको छ, जुन कार्यान्वयनको चरणमा रहेको छ।

    कार्यकारी निर्देशक शाक्यले अबको प्राथमिकता विश्वसनीय सेवा, आर्थिक सुदृढीकरण र स्मार्ट प्रविधिको प्रयोगमार्फत विद्युत् प्रणालीलाई अझ प्रभावकारी बनाउने रहेको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend