काठमाडौँ । सेल्सबेरीले सञ्चालन गरेको ‘लक्की ड्र’ योजनामा कृति नकर्मीले कार जितेकी छिन् । आईतबार गोला प्रथामार्फत काठमाडौंको सीतापाइलाकी कृति नकर्मीले एमजी कोमेट कार जितेकी हुन् ।
काठमाडौंको महाराजगञ्जमा सेल्सवेरी टावर र कालीमाटीमा ट्रेड सेन्टर सुरुवातको घोषणा गर्दै कम्पनीले ‘लक्की ड्र’ योजना सञ्चालन गरेको थियो ।
२६ साउनमा कम्पनीले गोला प्रथामार्फत विजेता घोषणा गर्दा नकर्मी बम्पर विजेता बन्दै कार जित्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विनायक कोलोनीकी रोश्ना ताम्राकारले प्रथम पुरस्कारको रूपमा इलेक्ट्रिक स्कुटर जित्दा भैंसेपाटी आवास गेट बस्ने वर्षा श्रेष्ठले दोस्रो पुरस्कारको रूपमा सामसङ टीभी जितेका छन् ।
यसैगरी मुलपानीका रोशन राईले ओभन, सातदोबाटोका सुनिल जैसवालले इलेक्ट्रिक राइस कुकर र लामाचौरकी अर्पना भण्डारीले हट पोट जितेका छन् ।
विगत ३० बर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा सेलवेज गु्रप अन्र्तगत सेल्सबेरी र सेल्वेज सञ्चालन हुदै आएको छ । सेलवेज र सेल्सबेरीले पोखरा र काठमाडौंमा गरेर ३७ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

