२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • शेयर बजारमा ऐतिहासिक रेकर्डः  हालसम्मकै उच्च...

शेयर बजारमा ऐतिहासिक रेकर्डः  हालसम्मकै उच्च कारोबार

शेयर बजारमा ऐतिहासिक रेकर्डः  हालसम्मकै उच्च कारोबार

सीएनएन खबर
सोमवार, श्रावण २८ २०८१०३:५०
सीएनएन खबर
सोमवार, श्रावण २८ २०८१०३:५०
  • images


    काठमाडौं । शेयर बजारमा सोमबार पनि उछाल आएको छ। बजारले ऐतिहासिक रेकर्ड बनाएको छ। कारोबार रकम र बजार पुँजीकरण दुवैमा ऐतिहासिक रेकर्ड कायम गरेको छ। सोमबार शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ। यसदिन २७ अर्ब २४ करोड बढीको सेयर किनबेच भएको छ।

    आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको छ। सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

    लगानी र उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समूहमा बढोत्तरी भएको छ। बजार पुँजीकरण ४५ खर्ब ७१ अर्ब पुगेको छ। आज ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ। १ अर्ब २२ करोडभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स कारोबार रकमका आधारमा अगाडि छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend