२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सात महिनापछि काठमाडौं महानगरमा कार्यपालिका बैठक...

सात महिनापछि काठमाडौं महानगरमा कार्यपालिका बैठक बस्दै

सात महिनापछि काठमाडौं महानगरमा कार्यपालिका बैठक बस्दै

बिहिवार, आषाढ २६ २०८२०३:०६
बिहिवार, आषाढ २६ २०८२०३:०६
  • images

    काठमाडौं । झण्डै सात महिनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठक बोलाएका छन्। शुक्रबार (असार २७) दिउँसो बैठक बस्ने गरी तयारी गरिएको हो।

    महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, शुक्रबार बिहान ११ बजे पहिलो चरणमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ। सोही दिन त्यसपछिकाे समयमा कार्यपालिका बैठक सञ्चालन गरिनेछ।

    “समितिको बैठकका लागि पत्राचार भइसकेको छ, कार्यपालिका बैठक पनि त्यसपछि बस्ने तयारीमा छ,” काफ्लेले जानकारी दिए।

    गएको पुस महिनादेखि मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण कार्यपालिका बैठक स्थगित हुँदै आएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend