२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सकियो काठमाडौँ महानगरको राजश्व परामर्श समितिको...

सकियो काठमाडौँ महानगरको राजश्व परामर्श समितिको वैठक, २५ अर्ब बराबरको बजेट सिमा निर्धारण

सकियो काठमाडौँ महानगरको राजश्व परामर्श समितिको वैठक, २५ अर्ब बराबरको बजेट सिमा निर्धारण

शुक्रवार, आषाढ २७ २०८२०१:५८
शुक्रवार, आषाढ २७ २०८२०१:५८
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको वैठक सम्पन्न भएको छ । काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौँ प्लाजामा बसेको वैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । 

    बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । 

    वैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ । 

    शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका वैठकले नगरसभाको मिति तय गरी नगरसभा मार्फत  बजेट सार्वजनिक गर्ने छ । 

    नगरसभा वैठकमा प्रमुख बालेन्द्र शाह ९बालेन०ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन । 

    वैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend