२०८३, आश्विन १९ गते

images

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह

मौद्रिक नीतिपछि सेयर बजारमा उत्साह

आइतवार, आषाढ २९ २०८२११:४८
आइतवार, आषाढ २९ २०८२११:४८
  • images

    काठमाडौं । शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। आइतबार बिहान बजार खुलेसँगै लगानीकर्ताको उत्साह देखिएको हो।

    बजार खुलेको केवल १ मिनेटमै नेप्से परिसूचक ६६ अंकले उकालो लागेको थियो। बिहान ११:०१ बजे २७९७ अंक पुगेर उच्च विन्दु छोएको बजार त्यसपछि केही समयका लागि बिक्री दबाबमा परेको थियो।

    तर ११:३० बजेसम्म बजारले पुनः सम्हालिँदै ४० अंकको वृद्धि गर्दै नेप्से २७७२ अंकमा स्थिर भएको छ।

    यस अवधिमा २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल २१३ कम्पनीको शेयर मूल्य बढ्दा केवल ३३ कम्पनीको घटेको देखिएको छ।

    विशेषतः बैंकिङ, फाइनान्स र माइक्रोफाइनान्स समूहमा उल्लेखनीय वृद्धि देखिएको छ।

    बैंकिङ उपसूचक २.५६%

    फाइनान्स उपसूचक २.५७%

    माइक्रोफाइनान्स उपसूचक ३.४२% ले उकालो लागेको छ।

    गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा माइक्रोफाइनान्स कम्पनीहरूलाई लाभांश वितरणको सीमा खुकुलो पार्ने संकेत, फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलन थप फराकिलो बनाउने व्यवस्था, र बैंकहरूको नाफा तथा कारोबार विस्तार सहज बनाउने योजनाले बजारमा सकारात्मक सन्देश दिएको विश्लेषकहरू बताउँछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend