२०८३, आश्विन २० गते

images
  • राजनीति
  • राप्रपामा आन्तरिक विवाद चुलियो, प्रवक्ता पदबाट...

राप्रपामा आन्तरिक विवाद चुलियो, प्रवक्ता पदबाट हटाइएका सगुन लावती निर्वाचन आयोगमा उजुरी दिन पुगे

राप्रपामा आन्तरिक विवाद चुलियो, प्रवक्ता पदबाट हटाइएका सगुन लावती निर्वाचन आयोगमा उजुरी दिन पुगे

आइतवार, आषाढ २९ २०८२११:५१
आइतवार, आषाढ २९ २०८२११:५१
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फेरि एकपटक आन्तरिक विवाद सतहमा आएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई पदमुक्त गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो।

    असार २५ गते लावतीलाई प्रवक्ताबाट हटाउँदै अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनयन गरेका थिए। यस निर्णयको विरोधमा पार्टीका महामन्त्री धवल शम्शेर राणाको नेतृत्वमा शनिबार छुट्टै भेला आयोजना गर्दै उक्त निर्णय पार्टीको विधानविपरीत भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरिएको थियो।

    सोही अनुसार आज सगुनसुन्दर लावती निर्वाचन आयोगमा उजुरी दर्ता गर्न पुगेका छन्। लावतीले उक्त निर्णय स्वेच्छाचारी र नियमविपरीत भएको बताउँदै आफू आयोग पुगेको जानकारी दिएका छन्।

    उनले पार्टी विधानअनुसार निर्णय हुनुपर्ने धारणा राखेका छन्। उता सुवेदीलाई पार्टी छाडिसकेको भन्दै राप्रपाका अर्का प्रवक्ता मोहन श्रेष्ठले 'लोकलाजको ख्याल गर्न' सुझाव दिएका छन्।

    अध्यक्ष लिङ्देनले भने आफूलाई महाधिवेशनबाट म्यान्डेट प्राप्त भएकाले विधानअनुसार पदाधिकारी मनोनीत गर्न सक्ने अधिकार रहेको स्पष्ट पारेका छन्। उनले आफूलाई घेराबन्दी गरेर अल्झाउने प्रयास भइरहेको भन्दै असन्तुष्ट पक्षको आलोचना पनि गरेका छन्।

    राजसंस्था पुनर्स्थापनाको अभियानमा सुवेदी, लावती, धवल शम्शेर र अन्य नेताहरू सक्रिय रहँदै आएका थिए। यसै अभियानसँग जोडिँदै पार्टीभित्र विभाजनको संकेत देखिएको छ। पार्टीभित्रको आन्तरिक असन्तुलनले राप्रपाको राजनीतिक यात्रामा चुनौती थपिएको स्पष्ट देखिन थालेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend