काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएसँगै नेपला स्टक एक्सचेञ्ज (नेप्से) सकारात्मक लयमा देखिएको हो।
मौद्रिक नीतिपछि आइतबार सेयर बजार २९ अंकले बढेको हो। योसँगै सेयर बजार सूचक २७६० अंकमा पुगेर बन्द भएको छ। आज सेयर बजारमा १५८ कम्पनीको सेयर मूल्य बढेको छ। यता ९० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
सेयर बजारमा आज एनआइसी एसिया बैंक, खानीखोला हाइड्रो पावर को। लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, हिमालय हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
सेयर बजारमा आइतबार कारोबार रकममा पनि उछाल आएको छ। आज ११ अर्ब ४१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।
शेयर बजार बढेसँगै एनआइसी एशिया बैंक र बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज बैंकको ३७ करोड आठ लाख रुपैयाँ र बुटवल पावरको ३२ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको २६ करोड ९७ लाख रुपैयाँ, सानिमा बैंकको २४ करोड ६८ लाख रुपैयाँ र एभरेष्ट बैंकको २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

