२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • काठमाडौँ महानगरको बजेट २५ अर्ब ७६...

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७६ करोड

आइतवार, आषाढ २९ २०८२०४:११
आइतवार, आषाढ २९ २०८२०४:११
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् ।

    २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।

    बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह ९बालेन० ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो । बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend