२०८३, आश्विन १९ गते

images

‘ढुकुर जोडी’सम्मानित

‘ढुकुर जोडी’सम्मानित

आइतवार, आषाढ २९ २०८२०४:१८
आइतवार, आषाढ २९ २०८२०४:१८
  • images

    मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिकाले पति–पत्नीबीचको समझदारी, संयम र पारिवारिक मर्यादालाई उच्च मूल्यांकन गर्दै नगरभित्रका १२ वटै वडाबाट एक–एक उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’को रुपमा सम्मान गरेको छ।

    नगरपालिकाले आइतबार आयोजित विशेष समारोहमा १२ वडाबाट छानिएका दम्पतीलाई नगद १० हजार रुपैयाँसहित सार्वजनिक रूपमा सम्मान गरेको हो। कार्यक्रम नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले संयुक्त रूपमा संचालन गरे।

    नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै उत्कृष्ट पति–पत्नी जोडीको खोजीमा आवेदन आह्वान गरेको थियो। ४८ वटा दम्पतीले आवेदन दिएपछि नगरको मापदण्डअनुसार मूल्यांकन गरी १२ जोडी छनोट गरिएको हो।

    सम्मानित ‘ढुकुर जोडी’हरू यसप्रकार छन्:

    वडा नं. १: केशवप्रसाद काफ्ले र कञ्चन दाहाल

    वडा नं. २: सचिदानन्द साह र संगीताकुमारी गुप्ता

    वडा नं. ३: ध्रुव निरौला र अनु दाहाल

    वडा नं. ४: डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल

    वडा नं. ५: वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल

    वडा नं. ६: बालकृष्ण घिमिरे र सकुन्तला गौतम

    वडा नं. ७: बलिराम चौधरी र फुलोदेवी चौधरी

    वडा नं. ८: खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने

    वडा नं. ९: योगराज कार्की र हिमकुमारी कार्की

    वडा नं.१०: बौद्धबहादुर दाहाल र कल्याणी दाहाल

    वडा नं.११: वेदकुमार खवास र केसवती खवास

    वडा नं.१२: अम्बरबहादुर मगर र ताराकुमारी मगर

    सकारात्मक सन्देशको उद्देश्य

    न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेका अनुसार पछिल्ला वर्षहरूमा पति–पत्नीबीचको विवादजन्य उजुरी बढ्दै गएको पृष्ठभूमिमा सामाजिक सद्भाव कायम राख्ने प्रेरणा दिन यो कार्यक्रम सञ्चालन गरिएको हो।

    प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले, “संयुक्त परिवारमा बस्ने, वैवाहिक जीवनमा कहिल्यै झगडा नभएका, सामाजिक रूपमा सक्रिय र छरछिमेकसँग राम्रो सम्बन्ध बनाएकालाई प्राथमिकता दिइएको हो,” भने।

    उपप्रमुख अकली चौधरीले सम्मानित प्रत्येक जोडीको तस्बिर वडा कार्यालयमा एक वर्षसम्म प्रदर्शन गरिने जानकारी दिइन्। साथै, उनीहरूको स्वास्थ्य बिमा पनि नगरपालिकाले निःशुल्क गरिदिने घोषणा गरिन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend