२०८३, आश्विन १९ गते

images

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

मंगलवार, श्रावण २९ २०८११२:३८
मंगलवार, श्रावण २९ २०८११२:३८
  • images

    काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । एकै दिन २ हजार १ सय मूल्य बढ्दा सुनको भाउ अहिलेसम्मकै महँगो बनेको हो ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला २ हजार १ सय रूपैयाँ बढेको हो ।

    आज सुन प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँ पुगेको छ । यसअघि गत साउन २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend