काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लचक मौद्रिक नीतिपछि दोस्रो कारोबार दिनमै नेप्से परिसूचकमा उल्लेखनीय गिरावट आएको छ। सोमबार नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा अडिएको छ। मौद्रिक नीति सार्वजनिक भएको पहिलो दिन नेप्सेमा हरियाली देखिए पनि, त्यसले निरन्तरता लिन सकेन।
कारोबार विवरण
सोमबारको सेयर बजारमा ३२१ स्क्रिप्टको कारोबार
कुल कारोबार: २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर
कारोबार रकम: ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ
लाभ कमाउने र गुमाउने कम्पनीहरू
मुनाफा कमाउने:
माइखोला हाइड्रोपावर
हिमालयन हाइड्रोपावर
नोक्सान ब्यहोर्ने:
सामुदायिक लघुवित्त
धौलागिरी लघुवित्त
सबैभन्दा धेरै कारोबार:
सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर को भयो।
कुल कारोबार: ४० करोड ८८ हजार रुपैयाँभन्दा बढी

