२०८३, आश्विन २० गते

images

नेप्सेमा सामान्य करेक्सन

नेप्सेमा सामान्य करेक्सन

मंगलवार, श्रावण २९ २०८१०३:३४
मंगलवार, श्रावण २९ २०८१०३:३४
  • images


    काठमाडौं । नेप्से परिसूचकमा मंगलबार सामान्य करेक्सन देखिएको छ । पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक २८० अंक बढेको नेप्से मंगलबार ८.१८ अंकले घटेसँगै २९२३ अंकमा कायम भएको छ ।

    मंगलबार  कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार ८० कम्पनीको मूल्य बढ्दा १५७ को घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज चार स्टकको सेयर सकारात्मक सर्किट लागेको छ। आज मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको शेयर १० प्रतिशत बढेको हो। आज नेपाल फाइनान्सको शेयरमूल्य ९.९३ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको करिब साढे ४४ करोडको शेयर किबनेच भएको छ।

    आज बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढेका छन् भने विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend