काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले करारमा रहेका सबै कर्मचारीलाई एकसाथ हटाएको छ । पालिकाले बुधबार एक सूचना जारी गर्दै साउनदृेखि करारमा कार्यरत सबै कर्मचारीको करार नवीकरण नहुने जनाएको हो ।
‘प्रदेश स्थानीय तह (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाईने र स्थानीइ सेवा (गठन तथा सञ्चालन) नियमावली २०८१ को नियम ११ (१) पद नभई कर्मचारी नियुक्त गर्न नहुने सो व्यवस्था विपरित नियुक्त हुने व्यक्तिले पाएको तलब तथा अन्य सेवा सुविधा नियुक्ति दिने पदाधिकारीबाट सरकारी बाँकी सरह असुल उपर गरिने व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएका पदहरु साथै संघीय प्रदेश सरकारबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी बाहेक आर्थिक वर्ष २०८१/०८२ को अषाढ मसान्तसम्म करार वा ज्यालादारीमा सम्झौता भई कार्यरत कर्मचारीहरुले साउन १ गतेदेखि अर्काे व्यवस्था वा आदेश नहुन्जेलसम्मका लागि हाजिर नगर्न सरोकारवाला सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
पालिकाले साउन १ गतेदेखि पालिकाभित्र करारमा कार्यरत कर्मचारीहरुलाई हाजिरि नगर्न निर्देशन समेत दिएको छ ।

