२०८३, आश्विन १९ गते

images

गल्ती गर्ने जो कोही भए पनि कारबाही हुन्छ : सञ्चारमन्त्री गुरुङ

गल्ती गर्ने जो कोही भए पनि कारबाही हुन्छ : सञ्चारमन्त्री गुरुङ

बुधवार, आषाढ ३२ २०८२०२:४२
बुधवार, आषाढ ३२ २०८२०२:४२
  • images

    काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गल्ती गर्ने कोही पनि कानूनी कारबाहीबाट उम्कन नसक्ने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार दोषीलाई जोगाउने मनस्थितिमा नरहेको बताए।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे उठेका प्रश्नको जवाफमा मन्त्री गुरुङले गुप्ताले नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिइसकेको र नयाँ मन्त्रीले जिम्मेवारी सम्हालिसकेको जानकारी दिए।

    "प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ," मन्त्री गुरुङले भने, "अब सरकारले अनुसन्धान प्रक्रिया अघि बढाउनेछ। दोषी देखिए उनीहरू कानूनी दायरामा ल्याइनेछन्।"

    उनले सरकार सत्य, तथ्य र प्रमाणको आधारमा अगाडि बढ्ने बताउँदै भ्रष्टाचारमुक्त शासन प्रणालीको पक्षमा सरकार प्रतिवद्ध रहेको जिकिर गरे।

    "हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौं," उनले भने, "मन्त्री होस् वा सचिव, कोही पनि कारबाहीबाट उन्मुक्ति पाउनु हुँदैन भन्ने जनअपेक्षा जायज छ।"

    मन्त्री गुरुङले वर्तमान सरकार कुनै पनि गलत कार्यमा आँखा चिम्लेर नबस्ने र आवश्यक कारबाही अघि बढाउने दृढता व्यक्त गरे।

    "सरकार कसैलाई जोगाउने पक्षमा छैन। गल्ती गर्ने जो कोही होस्, कानूनी प्रक्रिया अनुसार अगाडि बढाइन्छ," उनले दोहोर्याए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend