२०८३, आश्विन १९ गते

images

काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट पारित, पूर्वाधारमै बढी खर्च

काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट पारित, पूर्वाधारमै बढी खर्च

बुधवार, आषाढ ३२ २०८२०८:०२
बुधवार, आषाढ ३२ २०८२०८:०२
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित भएको छ। महानगरको आन्तरिक आम्दानी, बैंक मौज्दात र सञ्चित कोषलाई समेट्दै उक्त बजेट पारित गरिएको हो।

    महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो। आगामी वर्षको लागि पेश भएको बजेटमा सञ्चित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ रहने देखिएको छ। यसमध्ये आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।

    यस आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासतर्फ सबैभन्दा ठूलो अंश छुट्याइएको छ। कुल बजेटको ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ पूर्वाधार विकासमा खर्च हुने जनाइएको छ। त्यसपछि सामाजिक विकासका लागि २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ।

    त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ छुट्याइएको छ।

    आर्थिक विकासतर्फ भने कुल बजेटको ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ मात्र विनियोजन गरिएको छ। महानगरले बजेटमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, पूर्वाधार तथा सामाजिक विकासमा प्राथमिकता दिने तथा स्रोतको अधिकतम उपयोग गर्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend