२०८३, आश्विन २० गते

images

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

शुक्रवार, श्रावण २ २०८२०३:३४
शुक्रवार, श्रावण २ २०८२०३:३४
  • images


    काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । 

    प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनैपनि पूर्वधारणा वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालय त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे। आयोगले प्रतिवेदन बुझाएलगत्तै मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सर्वसाधारणका लागि सार्वजनिकसमेत गरेको छ।

    sau.jpeg

    गएको वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको सो जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा १८ जनाको दु:खद मृत्यु भएको थियो भने पाइलट मनीष शाक्य जीवितै उद्धार गरिएकाे थियो।

    दुर्घटना भएको दिन नै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend