२०८३, आश्विन १९ गते

images

कोरोना संक्रमणबाट ७४ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणबाट ७४ वर्षीया महिलाको मृत्यु

सोमवार, श्रावण ५ २०८२०१:३०
सोमवार, श्रावण ५ २०८२०१:३०
  • images

    काठमाडौं । पोखरामा कोरोना संक्रमणका कारण ७४ वर्षीया महिलाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले घटनाको पुष्टि गरेका हुन्।

    उनका अनुसार, “७४ वर्षीया महिला ८ दिनअघि कोरोना पोजेटिभ देखिएकी थिइन् र उनी चरक अस्पतालमा उपचाररत थिइन्। हिजो उनको मृत्यु भएको जानकारी प्राप्त भएको हो।”

    अस्पताल प्रशासनका अनुसार ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या पनि थियो। निर्देशक खड्काले भने, “अरू रोगहरू पनि थिए भन्ने कुरा आएको छ। तर कोरोना संक्रमण पुष्टि भएको हो र त्यो सहायक कारण हुनसक्छ।”

    गण्डकी प्रदेशमा कोरोना संक्रमण दर बढ्दो

    स्वास्थ्य निर्देशनालयका अनुसार हाल गण्डकी प्रदेशभर ८ जना संक्रमित उपचाररत छन्। तीमध्ये कास्कीमा ५ जना, बागलुङमा २ जना, स्याङ्जामा १ जना रहेका छन्।
    स्वास्थ्य अधिकारीहरूले संक्रमणको दर फेरि बढ्न थालेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend