२०८३, आश्विन १९ गते

images

कञ्चनपुरका चार पालिकामा आइतबार सार्वजनिक बिदा

कञ्चनपुरका चार पालिकामा आइतबार सार्वजनिक बिदा

शुक्रवार, श्रावण ९ २०८२०९:३८
शुक्रवार, श्रावण ९ २०८२०९:३८
  • images

    कञ्चनपुर । रानाथारु समुदायको प्रमुख चाड तीजको अवसरमा कञ्चनपुर जिल्लाका चार पालिकाले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिएका छन्। पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्।

    बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीका अनुसार पालिकाले हरेक समुदायका पर्वलाई सम्मान र प्राथमिकता दिने नीति अनुरूप रानाथारु समुदायको तीज पर्वका दिन बिदा दिएको हो। “बहुधार्मिक, बहुसांस्कृतिक हाम्रो मुलुकमा यस्ता चाडपर्वहरुले सामाजिक एकता र भातृत्वलाई मजबुत बनाउँछ,” उनले भने, “पर्व मनाउँदा तडकभडक नगरी आर्थिक मितव्ययी बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ।”

    लालझाडी गाउँपालिकाले साउन ११ गते र १३ गते दुई दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाले साउन ११ मा रानाथारु महिलाको तीज र साउन १३ मा थारु समुदायको गुरही पर्वको अवसरमा बिदा दिइएको जानकारी दिए। पुनर्वास र बेलौरी नगरपालिकाले साउन ११ गते एक दिने बिदा दिएका छन्।

    रानाथारु समुदायमा श्रावण शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने परम्परा छ। समुदायका अगुवा प्रेमवती रानाका अनुसार रानाथारु महिलाले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै माइतीघरमा व्रत बस्ने चलन छ। “अन्य समुदायमा श्रीमानको दीर्घायुका लागि तीजको व्रत बसिन्छ भने हाम्रो समुदायमा दाजुभाइको लागि,” उनले भनिन्।

    तीज आउनु अगावै रानाथारु समुदायमा सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने परम्परा छ, जसलाई उनीहरू 'सावनको डोला' भन्छन्। समुदायका दिदीबहिनी परम्परागत पहिरनमा सजिएर पिङमा झुल्दै माङ्गलिक गीत गाउने, रमाइलो गर्ने गर्दछन्।

    स्थानीय चेतराम रानाका अनुसार तीजलाई खेतीपातीको काम सकेर थकाइ मेटाउने चाडका रूपमा पनि मनाइन्छ। तीज आउन १५ दिनअगावै दिदीबहिनीलाई घरमै गएर निम्ता दिने चलन रहेको छ।

    रानाथारु समुदायको मौलिक सांस्कृतिक पहिचान झल्काउने तीज पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहले बिदा दिएर सम्मान जनाइएको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend