२०८३, आश्विन २० गते

images

१३ वाणिज्य बैंकले भदौका लागि घटाए ब्याजदर, अब कुन खाताको कति ब्याज ?

१३ वाणिज्य बैंकले भदौका लागि घटाए ब्याजदर, अब कुन खाताको कति ब्याज ?

शुक्रवार, श्रावण ३२ २०८११०:०२
शुक्रवार, श्रावण ३२ २०८११०:०२
  • images

    काठमाडौँ । १३ वटा वाणिज्य बैंकहरुले भदौ महिनामा लागि ब्याजदर घटाउने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुले शुक्रबार एक सूचना जारी गर्दै भनौ महिनाका लागि विभिन्न खाताको ब्याजदर परिवर्तन गरिएको जनाएका हुन् । 

    बैंकहरुले सार्वजनिक गरेको सूचना अनुसार भदौ महिनाका लागि १३ वाणिज्य बैंकको ब्याजदर घटाउँदा ५ वाणिज्य बैंकले भने स्थिर राखेका छन् । 

    औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत थियो  । औसतमा हेर्दा बैंकहरुको ब्याजदर भदौका लागि ०.२१ विन्दुले घटेको देखिन्छ ।

    शुक्रबार सूचना प्रकाशित गरेका १८ बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने चार वटा बैंकहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी एउटा बैंकले मात्र ब्याजदर बढाएको छ ।

    जसअनुसार भदौ महिनामा एनएमबि बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने छन् । व्यक्तिगत मुद्दति निक्षेपमा ती कम्पनीहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने छन् । सबैभन्दा कम ब्याज दिने बैंकमा नेपाल बैंक छ । यस्तो निक्षेपमा उक्त कम्पनीको अधिकतम ब्याजदर ५.२५ प्रतिशत छ ।

    bank-interest-rate-data-bhadau-2081.png
     ब्याजदर

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend