२०८३, आश्विन १९ गते

images

गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल प्रहरीको खर्च ९६.४५ प्रतिशत

गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल प्रहरीको खर्च ९६.४५ प्रतिशत

आइतवार, श्रावण ११ २०८२०५:४५
आइतवार, श्रावण ११ २०८२०५:४५
  • images

    काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ९६.४५ प्रतिशत खर्च गरेको छ ।

    आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले बजेट खर्चसम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।

    उनका अनुसार सो वर्ष नेपाल प्रहरीलाई ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोमध्ये ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार रुपैयाँ खर्च गरिएको छ । यस्तै, २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० रुपैयाँ खर्च हुन सकेन ।

    प्रवक्ता घिमिरेले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

    उनले विनियोजित बजेटको प्रभावकारी उपयोगका लागि प्रहरी संगठनले योजना अनुसारका कार्यलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने समेत बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend