काठमाडौं । सर्लाहीका थारु समुदायले वर्षाको कामना गर्दै दुई सांसदलाई हलो जोत्न लगाएका छन्।
साउनको मध्य हुँदासमेत वर्षा अभावमा रोपाइँ गर्न नपाएपछि ईश्वरपुर नगरपालिका-९ रामनगरका स्थानीयले सर्लाही- १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी र प्रदेशसभा सदस्य उर्मिला सिंह थारुलाई हलो जोत्न लगाएका हुन्।
थारु समुदायमा लामो समयसम्म पानी नगरे गाउँका अगुवालाई नियन्त्रणमा लिएर हलो जोत्न लगाउने परम्परा छ। सांसद चौधरी र थारु रामनगरकै स्थानीय बासिन्दासमेत हुन्। उनीहरुलाई पनि गाउँलेले ‘नियन्त्रणमा’ लिएर हलो जोत्न लगाएका हुन्।
चौधरी र थारुले हलो जोत्दा गाउँका महिलाले प्रतिकात्मक रुपमा जुवा काँधमा राखेर हलो तानेका थिए।
संसंद चौधरीले धार्मिक किम्मदन्ती अनुसार पानी नपर्ने र सुख्खा ग्रस्त भएको कारणले यस्तो चलन परम्परा कालदेखि रहेदै आएको बताए । गाउँले महिलाले गाउँमा मान्य व्यक्तिको अपहरण गरेर हलोले खोत जोताएपछि पानी पर्ने विश्वास रहेका कारण उक्त काम गरिएको बताए ।

