२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठलाई अध्यक्ष...

नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाइयो

नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाइयो

बुधवार, श्रावण १४ २०८२०३:२६
बुधवार, श्रावण १४ २०८२०३:२६
  • images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ। उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी निर्वाचन आयोगमा पत्रद्वारा गराइएको हो।

    श्रेष्ठमाथि पार्टीको अनुशासन नमानेको आरोप लगाइएको छ। विशेषगरी पार्टीको बैठक नबोलाएको र विधानविपरीत शिवप्रसाद बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको विषयमा उनीमाथि प्रश्न उठाइएको हो।
    यो कदम पार्टीका प्रमुख संरक्षक रेशमलाल चौधरीको सक्रियतामा उठाइएको बताइएको छ। चौधरीले श्रेष्ठलाई पटक–पटक पार्टी बैठक बोलाउन दबाब दिँदै आएका थिए।

    श्रेष्ठलाई हटाउनु अघि रामलाल डगौरा थारुको संयोजकत्वमा रहेको अनुशासन समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर श्रेष्ठले तोकिएको समयसीमाभित्र कुनै प्रतिक्रिया जनाएकी छैनन्।

    श्रेष्ठले अध्यक्षबाट हटाइएको विषयमा सार्वजनिक रूपमा केही प्रतिक्रिया दिएकी छैनन्। पार्टीले भने अनुशासन उल्लङ्घनको कारबाहीबारे विस्तृत विवरण निर्वाचन आयोगसमक्ष बुझाइसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend