काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा हालै सम्पन्न भनिएको राष्ट्रिय भेला विधिसम्मत नभएको दाबी गर्दै त्यसका निर्णय मान्य नहुने स्पष्ट पारेकी छन्।
बिहीबार सिंहदरबारस्थित कृषि समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीको विधानअनुसार राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्र हुने बताउँदै भनिन्, “मैले कुनै भेला आह्वान गरेकी छैन, त्यसैले त्यो भेला वैधानिक मानिँदैन।”
श्रेष्ठले आफू हाल पनि पार्टीको अध्यक्षकै भूमिकामा रहेको र निरन्तर काममा सक्रिय रहेको दाबी गरिन्। “पार्टीभित्रको विवादबारे कुनै जानकारी छैन, र मैले कुनै भेला पनि बोलाएकी छैन,” उनले भनिन्।

