२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले गर्‍यो स्वास्थ्य...

बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले गर्‍यो स्वास्थ्य मन्त्रालयसँग छलफल

बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले गर्‍यो स्वास्थ्य मन्त्रालयसँग छलफल

सोमवार, श्रावण १९ २०८२०१:३२
सोमवार, श्रावण १९ २०८२०१:३२
  • images

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३  को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।

    सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । 

    छलफलका क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सात वटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए । 

    अर्थमन्त्री पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डाक्टर, नर्सलगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए ।

    सो अवसरमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपीआर, जलनलगायत विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend