२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • नेप्सेमा ‘करेक्सन’: ३ लाख पटकको खरिदबिक्रीमा...

नेप्सेमा ‘करेक्सन’: ३ लाख पटकको खरिदबिक्रीमा २८ अर्ब ८३ करोडको सेयर कारोबार

नेप्सेमा ‘करेक्सन’: ३ लाख पटकको खरिदबिक्रीमा २८ अर्ब ८३ करोडको सेयर कारोबार

आइतवार, भाद्र २ २०८१०४:३८
आइतवार, भाद्र २ २०८१०४:३८
  • images

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, आज भने घटेकाे हाे । सोमबार नेप्से परिसूचक ३४.४७ अंक घटेर २९६६.३३ बिन्दुमा झरेको  छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक घटेको छ ।

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार २९ अर्ब ९५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ सय ३० स्टकको ३ लाख ९ सय १८ पटकको कारोबारमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बराबरको ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

    नेप्से घटे पनि  ४ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) मल्टीपर्पस फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    त्यस्तै लिबर्टी इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य  सर्वाधिक १० प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ८२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै अपि पावरको ७८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको करिब ६६ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend