२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • सिरहा कल्याणपुरका नगरप्रमुख रामपुकार साहविरुद्ध घुस...

सिरहा कल्याणपुरका नगरप्रमुख रामपुकार साहविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

सिरहा कल्याणपुरका नगरप्रमुख रामपुकार साहविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

शुक्रवार, श्रावण २३ २०८२०३:०५
शुक्रवार, श्रावण २३ २०८२०३:०५
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साहविरुद्ध घुस प्रकरणमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार साहले वडा नम्बर ६ मा सम्पन्न नाला निर्माण कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग बिचौलियामार्फत १ लाख रुपैयाँ घुस लिएका थिए। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित रंगेहात पक्राउ गरेको थियो।

    प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, अनुसन्धानपछि साहले सेवाग्राहीबाट घुस लिएको प्रमाणित भएको छ। सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कैद सजाय र बिगोअनुसार जरिवानाको मागसहित आरोपपत्र दायर गरिएको हो। आयोगले यस घटनालाई गम्भीर मान्दै थप अनुसन्धान समेत अघि बढाइने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend