२०८३, आश्विन १९ गते

images

छिन्नमस्तासम्म पुग्ने सडक स्तरोन्नति नहुँदा सास्ती

छिन्नमस्तासम्म पुग्ने सडक स्तरोन्नति नहुँदा सास्ती

सीएनएन खबर
सोमवार, भाद्र ३ २०८१०४:०७
सीएनएन खबर
सोमवार, भाद्र ३ २०८१०४:०७
  • images

    काठमाडौँ । लामो समयदेखि राजविराज–छिन्नमस्ता सडकको स्तरोन्नति नहुँदा वर्षामा आवतजावत गर्नमा समस्या भइरहेको छ । सप्तरीको धार्मिकस्थलका रुपमा परिचित छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने खण्डका विभिन्न स्थानमा खाल्डाखुल्डी र पानी जम्ने समस्याले आवागमनमा सास्ती भएको हो ।

    राजविराज–छिन्नमस्ता खण्डअन्तर्गत जिल्लाको विष्णुपुर गाउँपालिकाको नहर चोकको बीचमा पोखरी जस्तैगरि सडक जीर्ण हुँदा मन्दिरसम्म पुग्ने स्थानीय तथा भक्तजनले सास्ती खेपिरहेका छन् । 

    दुई वर्षदेखि निर्माणाधीन उक्त सडक भत्केर जीर्ण बनेपछि सम्बन्धित निकायले यथाशीघ्र मर्मत तथा स्तारोन्नति गर्नुपर्ने राजविराज–१६ बोरीयाँका नरेन्द्र यादवले बताए । सरोकार भएका निकाय समस्या समाधानतर्फ केन्द्रित नभएको उनले गुनासो गरे । 

    उनले भने, “राजविराज–छिन्नमस्ता खण्डको दूरावस्था कारण दैनिक साना÷ठूला दुर्घटना हुने गरेका छन् । तत्काल उक्त खण्ड मर्मत तथा पुनःनिर्माण गरी सर्वसाधरणलाई आवागमन सहज बनाउनेपर्नेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्छ ।”

    सोही खण्डअन्र्तगत कोचाबखारी तथा खुदीबखारीमा पनि सडक पानीको कटानबाट क्षति हुँदा सवारीसाधन तथा पैदल यात्रामा सास्ती हुने गरेको स्थानीय बताउँछन् । छिन्नमस्ता मन्दिरसम्म सवारीसाधनबाट यात्रीलाई बीचबीचमा ओराल्ने र चढाउने गर्दै आएको सवारी चालक राजेन्द्र मण्डलले बताए । यस क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको उनको भनाइ छ । ठाउँठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछि थप समस्या भइरहेको मण्डलले उल्लेख गरे । 

    राजविराजबाट दक्षिणतर्फ १२ किलोमिटर दूरी पार गरेपछि छिन्नमस्ता मन्दिर पुग्न सकिन्छ । यहाँ पुग्ने सडक जीर्ण हुँदा भक्तजनको आगमन घटेको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले बताए । उनले दसैँको बेला यहाँ भक्तजनको घुइँचो लाग्ने भएकाले यथाशीघ्र सडक मर्मत तथा स्तरोन्नति गर्न सरोकार भएकालाई आग्रह गरे । 
     
    भारतीय दर्शनार्थी पनि यहाँ आउने गरेकाले सडक मर्मत गरी आवागमन सहज बनाउनुपर्ने मन्दिर व्यवस्थापन समितिको भनाइ छ । सडक बिग्रेकाले १२ किमी यात्रा गर्न करिब दुई घण्टा लाग्ने गरेको दशनार्थी बताउँछन । 

    छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले उक्त खण्ड मर्मतको माग गर्दै गत असार ३० गते लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना बसेका थिए । यथाशीघ्र सडक निर्माणको माग गर्दै धर्ना बसेको बताउँदै सडक डिभिजन कार्यालयले वर्षापछि काम थाल्ने जनाएको उनले उल्लेख गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend