२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर...

कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर १३ हजार घुससहित पक्राउ

कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर १३ हजार घुससहित पक्राउ

सोमवार, श्रावण २६ २०८२०८:५७
सोमवार, श्रावण २६ २०८२०८:५७
  • images

    काठमाडौं । काठमाडौंको कलंकी नापी कार्यालयका सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको अवस्थामा सोमबार कार्यालय परिसरमै पक्राउ गरिएको हो।

    अख्तियारले पक्राउ प्रक्रियाका क्रममा नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको दुईवटा मोबाइल र कार्यालयका सर्भेक्षकको एक मोबाइल पनि बरामद गरेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend