२०८३, आश्विन १९ गते

images

एनएमबी बैंकको नाफा ३ अर्ब २८ करोड, लाभांश क्षमता १०.४० प्रतिशत

एनएमबी बैंकको नाफा ३ अर्ब २८ करोड, लाभांश क्षमता १०.४० प्रतिशत

मंगलवार, श्रावण २७ २०८२०७:५५
मंगलवार, श्रावण २७ २०८२०७:५५
  • images

    काठमाडौँ । गत आर्थिक वर्षमा एनएमबी बैंक लिमिटेडले ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष अवधिमा २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा करिब ४६ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८० पैसा पुगेको छ। 

    बैंकको ब्याज आम्दानी २२ अर्ब ९५ करोड ५५ लाख रुपैयाँ र ब्याज खर्च १४ अर्ब ४३ करोड ९० लाख रुपैयाँ भएको छ। यस आधारमा ब्याज आम्दानी ८ अर्ब ५१ करोड ६५ लाख रुपैयाँ पुगेको छ। शुल्क तथा कमिसनबाट २ अर्ब ५३ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको बैंकको सञ्चालन आम्दानी १० अर्ब ७४ करोड १० लाख रुपैयाँ रहेको छ।

    ऋण क्षति प्रावधान कटाउँदा कर पूर्व नाफा ४ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने कर पश्चात नाफा ३ अर्ब ४८ करोड ४ हजार रुपैयाँ कायम भएको छ।

    गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो । 

    वित्तीय अनुपाततर्फ बैंकको ऋण निक्षेप अनुपात ८३.९१ प्रतिशत, आधार दर ८.४२ प्रतिशत र औसत स्प्रेड दर ३.८२ प्रतिशत रहेको छ। पूँजी पर्याप्तता अनुपात १२.९१ प्रतिशतमा पुगेको छ भने पहिलो श्रेणीको पूँजी अनुपात १०.४६ प्रतिशत रहेको छ। निष्क्रिय ऋण अनुपात ३.५१ प्रतिशतमा सीमित भएको छ।

    बैंकको वार्षिक प्रतिफल १७ दशमलव ८७ प्रतिशत र सम्पत्तिमा प्रतिफल १ दशमलव ५१ प्रतिशत रहेको छ। शुद्ध मूल्य प्रतिसेयर २ सय १० रुपैयाँ ४७ पैसा र सम्पत्ति प्रतिसेयर २ हजार ७ सय सैंतीस रुपैयाँ १६ पैसा पुगेको छ।

    कर्पोरेट सामाजिक उत्तरदायित्व कोषमा १ करोड तेह्र लाख रुपैयाँ, कर्मचारी तालिम कोषमा १ करोड बीस लाख रुपैयाँ र डिबेन्चर मोचन रिजर्भमा ५६ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend