२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • ‘मेरो किसान’को चितवनमा ठूलो परियोजना, प्रशोधन...

‘मेरो किसान’को चितवनमा ठूलो परियोजना, प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण प्रारम्भ

‘मेरो किसान’को चितवनमा ठूलो परियोजना, प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण प्रारम्भ

मंगलवार, श्रावण २७ २०८२१०:५२
मंगलवार, श्रावण २७ २०८२१०:५२
  • images

    काठमाडौं ।  तरकारी तथा फलफूलको व्यापारमा संलग्न ‘मेरो किसान’ लिमिटेडले ४० करोड रुपैयाँको लगानीमा चितवनमा कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरु गरेको छ। भरतपुर महानगरपालिका–२२, पटिहानीस्थित दुई विघा जमिनमा पूर्वाधार निर्माण कार्य सुरु भएको हो।

    कम्पनीका प्रबन्ध निर्देशक अविनाश सिलवालका अनुसार उद्योग पाँच महिनाभित्र सञ्चालनमा आउनेछ र यसमा तेल मिल, केचप, बेसार, अदुवाको सुठो, कफीलगायत २५ भन्दा बढी कृषिजन्य वस्तु प्रशोधन गरिनेछ। उनले स्वदेशी कृषि उत्पादनलाई प्राथमिकता दिई प्रशोधन गरिने र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

    सिलवालका अनुसार तरकारी तथा फलफूलको अधिक उत्पादन हुने समयमा ती वस्तु कोल्ड स्टोरमा भण्डारण गरी उचित मूल्यमा किसानलाई बिक्री गर्न सहयोग गरिनेछ।

    कोभिड–१९ महामारीको समयमा स्टार्टअप कम्पनीको रूपमा सुरु भएको ‘मेरो किसान’ अहिले आक्रामक रूपमा बजार विस्तार गरिरहेको छ। कम्पनीले मोबाइल एपमार्फत ४० हजारभन्दा बढी उपभोक्ता र ३०० भन्दा बढी व्यवसायिक घरानासँग प्रत्यक्ष व्यापार गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend