२०८३, आश्विन २० गते

images

शेयर बजार २६ अंकले ओरालो, ६ अर्ब ९१ करोडको कारोबार

शेयर बजार २६ अंकले ओरालो, ६ अर्ब ९१ करोडको कारोबार

मंगलवार, श्रावण २७ २०८२०३:५१
मंगलवार, श्रावण २७ २०८२०३:५१
  • images

    काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.२२ अंकले घट्दै २,७९६ विन्दुमा पुगेको छ। कारोबारमा सहभागी ३२३ कम्पनीमध्ये २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ।

    दिनभरमा १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ७७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ९६ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको २० करोड २६ लाख रुपैयाँको कारोबार भएको हो।

    लगानीकर्ताले कमाइमा सबैभन्दा धेरै सिटि होटलका शेयरधनी लाभान्वित भएका छन्। उनीहरूले ९.९९ प्रतिशतका दरले कमाएका छन्।

    समाज लघुवित्तका लगानीकर्ताले ४.३४ प्रतिशत र हिमालयन बैंक वोन्डका इकाईधनीले ४ प्रतिशतका दरले मुनाफा कमाएका छन्। यता, सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले भने ९.९९ प्रतिशतसम्म घाटा व्यहोरेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend