२०८३, आश्विन १९ गते

images

३ उद्योग र फर्मलाई ६ लाख १५ हजार जरिवाना

३ उद्योग र फर्मलाई ६ लाख १५ हजार जरिवाना

मंगलवार, श्रावण २७ २०८२०४:३७
मंगलवार, श्रावण २७ २०८२०४:३७
  • images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नलगाई कारोबार गरेको आरोपमा ३ उद्योग तथा फर्मलाई ६ लाख १५ हजार रुपैयाँ जरिवाना तिराएको छ।

    विभागको अनुगमन टोलीले सोमबार काठमाडौं महानगरपालिका–१ मा रहेको नेपाल लेदर क्राफ्ट (राइनो) र रोयल क्लास कलेक्सन प्रालिलाई ३/३ लाख रुपैयाँ जरिवाना गरेको हो। साथै, दुवै कम्पनीलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

    त्यस्तै, ललितपुर–५ मा रहेको मटर्निटी पसल प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

    विभागका अनुसार, अनुगमनका क्रममा एमआरपी उल्लेख नगरी बिक्री गरिएको भेटिएकाले यो कारबाही गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend