२०८३, आश्विन १९ गते

images
  • रोचक
  • ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’...

‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ को सुचिमा लमजुङका अनिल रेग्मी

‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ को सुचिमा लमजुङका अनिल रेग्मी

मंगलवार, श्रावण २७ २०८२०५:५९
मंगलवार, श्रावण २७ २०८२०५:५९
  • images

    काठमाडौँ । अनलाइनखबर डटकमले सार्वजनिक गरेको ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ को सुचिमा लमजुङका अनिल रेग्मी पनि छनौट भएका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर अनलाइनखबर डटकमले साउन २८ गते ४० प्रभावशाली युवाको सुचि सार्वजनिक गरेको छ । यो सूचीमा राजनीति, समाज, कला÷साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ४० युवाहरु समावेश छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा ४० युवाहरूको नाम सार्वजनिक गर्दा उनीहरूलाई अवार्ड प्रदान गरेका थिए । ४० मुनिका ४० युवाको सुचिमा सुन्दरबजार नगरपालिका ८ भोटेओडार डुडकुला निवासी अनिल रेग्मी कृषि अभियान्ताको रुपमा छनौट भएका हुन् । 

    भोटेओडारको भक्ति नमुना माध्यामिक विद्यालयबाट २०६३ सालमा एसएलसी उत्रीर्ण गर्नुभएका रेग्मीले पछिल्लो समय ‘स्मार्ट कृषि’ एप र सामाजिक सञ्जाल मार्फत लाखौं किसान र उपभोक्ता जोडिएर नेपाली कृषि उत्पादन प्रवद्र्धन गदै आएका छन् ।

    अनिलले सामाजिक सञ्जाललाई प्रभावकारी रूपमा प्रयोग गर्दै फेसबुकमा स्मार्ट कृषि पेज बनाएर उक्त पेजमा कृषि सम्बन्धी जानकारीहरू लेखेर पोस्ट गर्न थालेपछि त्यसकै माध्यमबाट मानिसहरू त्यसमा इन्गेज भएर कृषि सम्वन्धि जानकारी लिने गरेका छन् । उक्त पेजले अहिलेसम्म आइपुग्दा ८ लाख ३७ हजारभन्दा बढी फलोअर कमाएको छ । 

    आज स्मार्ट कृषि एप ५ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको रेग्मीले बताउनुभयो । यो एपले किसानलाई बाली र पशुपालन सम्बन्धी जानकारी, बजार भाउ, कृषि समस्या समाधान र उत्पादन बिक्री गर्ने प्लेटफर्म प्रदान गरेको छ ।

    कृषक सञ्जाल, कृषि पुस्तकालय र बजार जानकारी जस्ता फिचरले यो एपलाई निकै उपयोगी बनाएको छ । ‘यो एप सूचनाको खजाना हो, किसानले आफ्नो उत्पादन यही एपमार्फत बेच्न पनि सक्नेछन् ।  इन्स्टाग्राममा ५७ हजार र टिकटकमा १ लाख २३ हजार फलोअर छन् । यी प्लेटफर्म मार्फत उहाँले नेपाली कृषि उत्पादन प्रवद्र्धन गर्नुभएको छ । सोही प्लेटफर्ममार्फत जुम्लाका किसानले उत्पादन गरेका स्याउ, सिन्धुली र रामेछापको जुनार, दोलखाको किवी, सप्तरीको आँप र झापाको बयर जस्ता उत्पादनलाई उनले सामाजिक सञ्जालको भिडियो हेरेर बजार पु¥याई बिक्री पनि गराइदिएका छन् ।

    अनिल अहिले एउटा टिम नै बनाएर स्मार्ट कृषि फ्रेस आउटलेट मार्फत फलफूल र तरकारी बिक्री गर्दै आएका छन् । काठमान्डौको पुरानो बानेश्वर भीमसेनगोला मन्दिर नजिकै रहेको यो आउटलेटले विषादीरहित स्थानीय उत्पादनलाई प्राथमिकता दिन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend