२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख र...

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

बुधवार, श्रावण २८ २०८२०२:०१
बुधवार, श्रावण २८ २०८२०२:०१
  • images

    काठमाडौं । मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

    चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ २४ लाख ५० हजारसहित मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्य पक्राउ परेका थिए । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसमेतको मिलेमतो र योजनामा सेवाग्राहीसँग दुवैविरुद्ध  २४ लाख ५० हजारको विगो कायम गरि मुद्धा दायर गरिएको जानकारी दिएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend