काठमाडौं । साताको चौंथो कारोबारको दिन नेपाल शेयर बजार झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक ५.२८ अंक घटेर २७९०.९५ मा पुगेको छ।
आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको र १ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा करिब ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको भएको छ। यस कम्पनीको शेयरको ३४ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
लगानीकर्ताका दृष्टिले माया खोला हाइड्रोपावरले दिन उत्कृष्ट प्रदर्शन देखाएको छ। यस कम्पनीका लगानीकर्ताले ५.७४ प्रतिशत नाफा कमाएका छन्।
अर्कोतर्फ, केबीएल डिभेन्चर २०८६ का लगानीकर्ताले ठूलो घाटा व्यहोरेका छन्। यस कम्पनीका लगानीकर्ताले ९.४८ प्रतिशत घाटा भोगेका छन्।
आज ६ उपसूचकमा हरियाली देखिए पनि ७ उपसूचक राताम्य भएका छन्। विशेषगरी, वाणिज्य बैंक समूह ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, र हाइड्रोपावर समूह ०.२१ प्रतिशतले घटेको छ।

