२०८३, आश्विन १९ गते

images

लक्ष्मी सनराइज बैंकको खुद नाफा ४ अर्ब ११ करोड, ब्याज आम्दानी घट्यो

लक्ष्मी सनराइज बैंकको खुद नाफा ४ अर्ब ११ करोड, ब्याज आम्दानी घट्यो

बिहिवार, श्रावण २९ २०८२०७:५०
बिहिवार, श्रावण २९ २०८२०७:५०
  • images

    काठमाडौँ । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको असारसम्म ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    यो खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो। बैंकको खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो।

    विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेको छ भने खुद कमिसन आम्दानी १०.०५ प्रतिशत बढेको छ। कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेको छ। 

    बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोडमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

    समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ। बैंकको गत असारसम्म वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख, वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ।

    गत आर्थिक वर्ष अन्त्यसम्म ३ खर्ब ६७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब कर्जा लगानी गरेको बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ र जगेडा कोषमा २१ अर्ब ९ करोड सञ्चित छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend