२०८३, आश्विन १९ गते

images

नेपाल एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड

नेपाल एसबीआई बैंकको नाफा १ अर्ब ८० करोड

बिहिवार, श्रावण २९ २०८२१०:५९
बिहिवार, श्रावण २९ २०८२१०:५९
  • images

    काठमाडौँ । नेपाल एसबीआई बैंकको नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ८० करोड रुपैयाँ छ ।

    अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ९९ करोड रुपैयाँ थियो । बैंकको नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) बढ्दा नाफामा संकुचन आएको हो । अघिल्लो आर्थिक वर्ष इम्पेरिमेन्ट चार्ज ६४ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष बढेर १ अर्ब २ करोड रुपैयाँ छ ।

    खुद ब्याज आम्दानी सामान्य बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ५ अर्ब ७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब २६ करोड रुपैयाँ छ ।

    बैंकको वितरणयोग्य नाफा बढेको छ । असार मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब २३ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११ रुपैयाँ २९ पैसा हो । प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा छ भने बजारमा बुधबारको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४०६.२२ रुपैयाँ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend