काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको रातारात सरुवा गरिएको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले पछिल्लो समय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) माथि कडा अनुगमन गर्दै आएको थियो। विभागको कडाइपछि कन्सल्टेन्सी सञ्चालकहरूले वाणिज्य तथा आपूर्ति मन्त्रीसँग उच्चस्तरीय ‘सेटिङ’ मिलाएर दाहालको सरुवा गराएको आरोप छ।
सरकारले हिजो मात्रै दाहाललाई सरुवा गरेको हो। उनी गत फागुन २१ गते विभागमा नियुक्त भएका थिए। पाँच महिनाको छोटो अवधिमा उनले देशभरका कन्सल्टेन्सीहरूलाई कानुनको दायरामा ल्याउने प्रयास थालेका थिए।
दाहालको सक्रियतापछि लामो समयदेखि निष्क्रिय रहेको विभागमा चहलपहल बढेको थियो। उनको स्थानान्तरणपछि बाँकी अनुगमन र सुधारको कार्य कसरी अघि बढ्ने भन्ने विषय अब प्रतीक्षामा छ।

