२०८३, आश्विन २० गते

images

एमसीसी परियोजनाका दुई प्रसारणलाइनको निर्माण सम्झौता

एमसीसी परियोजनाका दुई प्रसारणलाइनको निर्माण सम्झौता

बिहिवार, श्रावण २९ २०८२०३:५९
बिहिवार, श्रावण २९ २०८२०३:५९
  • images

    काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपालले नेपाल र अमेरिकी सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’ कार्यक्रमअन्तर्गत दुई प्रमुख विद्युत् प्रसारण आयोजनाको निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ।

    आजको समारोहमा रातमाटे–नयाँ दमौली प्रसारणलाइन निर्माण सम्झौता एञ्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरिएको हो। दुवै आयोजनाको संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेको एमसीए–नेपालले जनाएको छ।

    यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण, सञ्चालन लगायतका काम सम्पन्न गरिनेछ। कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट, अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, अमेरिकी दूतावासका अधिकारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, “नेपालमा विद्युत् उपलब्धता र विश्वसनीयता सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित छौँ।”

    नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भने, “आजको निर्माण सम्झौता नेपालको विकास र समृद्धिप्रति अमेरिकाको स्थायी प्रतिबद्धताको प्रतीक हो। यस साझेदारीमार्फत विद्युत् प्रसारण र आर्थिक पूर्वाधार निर्माणका साथै नेपालको दीर्घकालीन विकासमा टेवा पुग्नेछ।”

    एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले पनि अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोगको सराहना गर्दै सफल कार्यान्वयनमा केन्द्रित रहेको बताए।

    एमसीसी नेपाल कम्प्याक्टले ६९.७० करोड अमेरिकी डलरको ऐतिहासिक लगानीमार्फत नेपालमा पूर्वाधार विकास, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र यातायात सञ्जाल सुधारमा योगदान पु¥याउने लक्ष्य राखेको छ।

    एमसीसी एक स्वतन्त्र अमेरिकी सरकारी निकाय हो, जसले आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी घटाउने काम गर्दछ। नेपालमा यसको कार्यान्वयन एमसीए–नेपाल मार्फत भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend