२०८३, आश्विन १९ गते

images

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

मंगलवार, भाद्र ४ २०८१०५:२३
मंगलवार, भाद्र ४ २०८१०५:२३
  • images

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिए।

    उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका एक र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिए।

    त्यस्तै, उनको विश्वासको मतको विपक्षमा ११ मत पर्‍यो। नेकपा माओवादी केन्द्रका ९, राष्टिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ सांसदले विपक्षमा मत हाले। राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना सांसद तटस्थ बसे। राप्रपाका एक जना सांसद जानकीप्रसाद यादव मंगलबारको बैठकमा उपस्थित थिएनन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend